Section 7
वारेण्ट जारी गर्ने अधिकारी
: यस ऐन अन्तर्गत सजाय हुने अपराध कसैले गरेको छ वा गर्न लागेको छ भन्ने विश्वास पर्ने कारण भएमा त्यस्तो व्यक्तिको गिरफ्तारी र खानतलासीको निमित्त औषध नियन्त्रण अधिकारीले वारेण्ट जारी गर्न सक्नेछ । औषध नियन्त्रण अधिकारीले कुनै घर, जग्गा, सवारी वा अन्य कुनै ठाउँमा त्यस्तो अपराधसित सम्बन्धित कुनै व्यक्ति लुकेको छ वा कुनै लागू औषध राखिएकोछ भन्ने आफूलाई विश्वास भएमा त्यस्तो घर, जग्गा, सवारी वा ठाउँको खानतलासी गर्नको निमित्त आदेश जारी गर्न सक्नेछ ।